स्टोरकिपरका लागि
स्टोरकिपरका लागि निर्माण स्टोर सफ्टवेयर
NepalConstruct ले स्टोरकिपरलाई देखाउँछ: साइटमा के छ, बाटोमा के आउँदै छ, र हरेक सामग्री माग कहाँ पुग्यो। स्टोरकिपर फोनबाट माग पठाउँछन् र मौज्दात हेर्छन्; वेबमा आपूर्तिकर्ताको चलानअनुसार प्राप्ति (GRN) दर्ता गर्छन् र काममा सामग्री निकासा गर्छन्। हरेक प्राप्ति र निकासा मौज्दात खातामा जान्छ, जहाँ कुनै प्रविष्टि मेटिँदैन।
- फोनमा माग र मौज्दात
- वेबमा GRN र निकासा


- कहाँ चल्छ
- फोन र वेबAndroid र iOS का लागि बनेको फोन एप, स्टोरमा चाँडै
- स्वीकृतिमा पठाउँछन्
- सामग्री माग, इँटा गणनापरियोजना प्रबन्धककहाँ
- दर्ता गर्छन्
- GRN, निकासा, फिर्ता, सरुवावेबमा, सिधै मौज्दात खातामा
- स्वीकृत गर्ने कागजात
- छैनमाग वा गणना अर्कैले स्वीकृत गर्छ
स्टोरकिपरले कुन स्क्रिन चलाउँछन्?
माग र मौज्दात फोनमा, प्राप्ति र निकासा वेबमा। खाता दुवैमा उही।
प्राप्ति (GRN), वेबमा
खुला PO छान्दा आपूर्तिकर्ता, बाँकी सामान र दर भरिन्छ; सवारी नं., चलान नं. र किताब नं. थप्नुहोस्। फोनमा अहिले GRN छैन।

सामग्री माग, फोनमा
सामग्री, त्यसको एकाइमा परिमाण, र कहिलेसम्म चाहिने। माग पठाउन नेट चाहिन्छ।

बाटोमा रहेको सामान र मौज्दात
यो साइटतर्फ आउँदै गरेको सरुवा, र मूल्यका आधारमा साइटका मुख्य पाँच सामग्री।

निकासा (MIN), वेबमा
कुन कामका लागि, कसलाई, र कति। मौज्दातभन्दा बढी निकासा सर्भरले रोक्छ।

स्टोरकिपरले के स्वीकृतिमा पठाउँछन्?
सुरुको भूमिकामा स्टोरकिपरले केही पनि स्वीकृत गर्दैनन्। स्टोरकिपर माग र गणना पठाउँछन्, निर्णय अर्कैले गर्छ। कागजात बनाउने वा सम्पादन गर्ने व्यक्तिले त्यसलाई कहिल्यै स्वीकृत गर्न सक्दैन।
स्टोरकिपरले के पठाउँछन्, र त्यसपछि कहाँ जान्छ
- सामग्री मागतपाईंको चरणमाग बनाएर पठाउँछन्त्यसपछिसाइटको परियोजना प्रबन्धकले स्वीकृत गर्छन्, त्यसपछि खरिद शाखाले सामान कहाँबाट आउने तय गर्छ
- मौज्दातमा राख्ने इँटा गणनातपाईंको चरणगनेर पठाउँछन्त्यसपछिमाग स्वीकृत गर्ने व्यक्तिले स्वीकृत गरेपछि मात्र मौज्दात मिलाइन्छ
- माग बिनाको स्टोर सरुवातपाईंको चरणशिपिङ एडभाइस तयार गर्छन्त्यसपछिपठाउने साइटको परियोजना प्रबन्धक, र रु. 1,00,000 देखि खरिद शाखा। स्वीकृतिअघि सामान निस्कँदैन
- आइपुगेको सरुवातपाईंको चरणहरेक लाइनमा आइपुगेको र स्वीकार गरेको लेख्छन् (वेब)त्यसपछिकम वा बिग्रिएको सामान ढुवानी क्षतिमा जान्छ
- प्राप्ति (GRN) र निकासा (MIN)तपाईंको चरणवेबमा दर्ता गर्छन्त्यसपछिस्वीकृति चाहिँदैन: सिधै मौज्दात खातामा, जहाँ कुनै प्रविष्टि मेटिँदैन
सुरुका स्वीकृति प्रवाहमा स्टोरकिपरको चरण। तपाईंको कम्पनीले कुनै पनि प्रवाह बदल्न सक्छ।
सरुवामा सामान पठाउने व्यक्तिले नै त्यो आइपुग्यो भनेर बुझ्न सक्दैन।
स्टोरकिपरको दिन कस्तो हुन्छ?
बिहान फोनमा साइटको खबर, दिनभर वेबमा प्राप्ति र निकासा, बेलुका भोलिको माग।

आजको स्क्रिन हेर्नुहोस्
फोनको आज स्क्रिनले साइटका सामग्री माग र तिनको अवस्था, यो साइटतर्फ बाटोमा रहेको सामान, र साइटको मुख्य मौज्दात देखाउँछ।
सामग्री र स्टोरआएको सामान दर्ता गर्नुहोस् (GRN)
गाडी आएपछि वेबमा आपूर्तिकर्ताको चलानअनुसार प्राप्ति (GRN) दर्ता गर्नुहोस्। खुला खरिद आदेश (PO) छान्दा बाँकी आउनुपर्ने सामान र दर आफैं भरिन्छ, र स्वीकार गरेको परिमाण मौज्दात खातामा जान्छ।
सामग्री र स्टोरकाममा सामग्री निकासा गर्नुहोस् (MIN)
सामग्री कुन कामका लागि र कसलाई दिइयो, लेखेर निकासा दर्ता गर्नुहोस्। स्टोरमा भएभन्दा बढी निकासा गर्न मिल्दैन।
सामग्री र स्टोरभोलिको सामग्री माग्नुहोस्
फोनबाट सामग्री, परिमाण र कहिलेसम्म चाहिने छानेर माग पठाउनुहोस्। माग स्वीकृतिका लागि परियोजना प्रबन्धककहाँ जान्छ, र BOQ को बाँकी बजेट सर्भरले जाँच्छ।
सामग्री र स्टोर
स्टोरकिपर कोसँग काम गर्छन्?
माग साइटबाट सुरु हुन्छ, स्टोरबाट निकासा हुन्छ, र हरेक चरण अर्कैले जाँच्छ।
- 01
साइट इन्जिनियर
दैनिक प्रतिवेदनमा प्रयोग भएको सामग्री लेख्छन्; स्टोरको निकासा त्यसैसँग दाँजिन्छ।
यो भूमिकाबारे - 02तपाईं
स्टोरकिपर
प्राप्ति, निकासा, फिर्ता, सरुवा र सामग्री माग।
- 03
परियोजना प्रबन्धक
माग, गणना र माग बिनाको सरुवा स्वीकृत गर्छन्; मौज्दातका फरक हेर्छन्।
यो भूमिकाबारे - 04
मुख्य कार्यालय खरिद शाखा
स्वीकृत सामान आफ्नै मौज्दात, सरुवा वा खरिदबाट ल्याउने तय गर्छ, PO स्वीकृत गर्छ र केन्द्रीय स्टोर चलाउँछ।
यो भूमिकाबारे
स्टोरकिपरले चलाउने मोड्युल
धेरैले सोध्ने प्रश्न
छोटो जवाफ, बनेको कुरा मात्र।
01के स्टोरकिपरले फोनबाट GRN दर्ता गर्न सक्छन्?
अहिले सक्दैनन्। प्राप्ति (GRN), निकासा र फिर्ता वेबमा हुन्छन्, जुन फोनको ब्राउजरमा पनि खुल्छ। फोन एपले साइटको मौज्दात, सामग्री माग र बाटोमा रहेको सामान देखाउँछ, र त्यहाँबाट माग पठाउन सकिन्छ।
02के मौज्दात गणनाले आफैं मौज्दात बदल्छ?
बदल्दैन। गणना स्वीकृतिका लागि जान्छ, र सामग्री माग स्वीकृत गर्ने व्यक्तिले स्वीकृत गरेपछि मात्र एउटा मिलान प्रविष्टि मौज्दात खातामा पर्छ। गणना गर्ने व्यक्तिले आफ्नै गणना कहिल्यै स्वीकृत गर्न पाउँदैन।
03के स्टोरकिपरले आफ्नै माग वा गणना स्वीकृत गर्न सक्छन्?
सक्दैनन्। कागजात बनाउने वा सम्पादन गर्ने व्यक्तिले त्यसलाई कहिल्यै स्वीकृत गर्न सक्दैन, र सुरुको स्टोरकिपर भूमिकामा कुनै स्वीकृति अधिकार हुँदैन। कम्पनीले हरेक व्यक्तिलाई खण्ड दिन वा हटाउन सक्छ।
04सरुवामा सामान कम वा बिग्रिएर आयो भने के हुन्छ?
पाउने स्टोरले हरेक लाइनमा कति आइपुग्यो र कति स्वीकार गर्यो लेख्छ। स्वीकार गरेको परिमाण मात्र मौज्दातमा जान्छ, र फरक ढुवानी क्षतिमा जान्छ। सामान पठाउने व्यक्तिले नै आइपुग्यो भनेर बुझ्न सक्दैन।
05के स्टोरले भएभन्दा बढी निकासा गर्न सक्छ?
सक्दैन। साइटमा भएको मौज्दातभन्दा बढीको निकासा सर्भरले अस्वीकार गर्छ। हरेक निकासा (MIN) मा कुन कामका लागि र कसले सामग्री लग्यो लेखिन्छ, र यो मौज्दात खातामा नयाँ प्रविष्टिका रूपमा पर्छ।
06सिमेन्ट र छडको खपत कसरी मिलाइन्छ?
मिलान ट्याबले दैनिक प्रतिवेदनको काम र नर्म्सबाट हुनुपर्ने खपतलाई स्टोरबाट निकासा भएको परिमाणसँग दाँज्छ, र क्षय सीमा नाघेका सामग्री देखाउँछ। विधि हाम्रो गाइडमा छ।
तपाईंको कम्पनीको काम हेरेर हामी जवाफ दिन्छौँ।
सोध्नुहोस्त्यही दिन लागत अनुमान सुरु गर्नुहोस्
कम्पनीको प्रोफाइल, केही परियोजना र भूमिका मिलाउनुहोस्, र त्यही दिन लागत अनुमान सुरु गर्नुहोस्। वा डेमो माग्नुहोस् र पहिले नमुना कम्पनीमा हेर्नुहोस्।
